Objectives

स्थानीय पूर्वाधार विभागका कार्यहरु

स्थानीय पूर्वाधार विभागले पूर्वाधार विकास सम्बन्धी निम्न कार्यहरु सम्पादन गर्नुपर्ने छ।

  • प्रादेशिक तथा स्थानीय सडक यातायात तथा सुरक्षा सम्बन्धी राष्ट्रिय नीति, ऐन, नियम, कानून, कार्यक्रम, गुरुयोजना, योजना तर्जुमा, सञ्चालन, व्यवस्थापन तथा गुणस्तर कायम र सडक, सडकपुल, झोलुङ्गे पुल सम्बन्धी नर्म्स, स्टान्डर्ड, स्पेसिफिकेसन, डिजाइन म्यानुअल, निर्देशिका, दिग्दर्शन, सफ्टवेयर तयार गरी लागु गराउने सम्बन्धि राष्ट्रिय मापदण्ड निर्धारणमा मन्त्रालयलाई सहयोग गर्ने,
  • प्रदेश भित्रका सडक (राजमार्ग, लोकमार्ग) लगायत जिल्ला भित्रका (स्थानीय तहको अधिकार क्षेत्र भित्र नपर्ने लिङ्क सडकहरु), राष्ट्रियस्तरमा सडक यातायात, सडकपुल, झोलुङ्गे पुल लगायतका पूर्वाधारका योजनाहरुको दीर्घकालीन गुरुयोजना तयार गर्न, तत्सम्बन्धी नीति तयार गर्न, बार्षिक योजना तथा बजेट तयार गर्न प्रदेश सरकारले माग गरे अनुरुप प्राविधिक सहयोग उपलब्ध गराउने,
  • सडक पुल तथा झोलुङ्गे पुलहरुको गुणस्तर कायम गरी अभिवृद्धि गर्न, डिजाइन तथा निर्माणमा संलग्न रहने परामर्शदाताहरुको छनौट, व्यवस्थापन गर्नको लागि राष्ट्रिय मापदण्ड तथा निर्देशिका तयार गरी लागु गर्ने,
  • सडक तथा सडकपुलमा प्रयोग गरीने निर्माण सामग्री तथा उपकरणको परीक्षणका लागि नीति, स्टाण्डर्ड, मापदण्ड, नर्म्स, दिग्दर्शन आदि तयार गरी लागु गर्ने,
  • प्रादेशिक यातायात गुरुयोजना, नगरपालिका यातायात गुरुयोजना, गाउँपालिका यातायात गुरुयोजना  तयारीको नमूना कार्यविधि तयार गर्ने र प्रदेश तथा स्थानीय तहमा तयार गर्न गराउन माग भएको आधारमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने,
  • प्रादेशिक सडक यातायात, सडक पुलपुलेसा, झोलुङ्गेपुल, विकास सम्बन्धी योजना, गुरुयोजना तयार तथा राष्ट्रिय ढाँचा तयार गरी लागु गर्न गराउन पहल गर्ने,
  • मेट्रो, ट्राम, ट्रलिबस, मोनो रेल, रोपवे जस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको राष्ट्रिय नीति, ऐन, कानून, गुरुयोजना, योजना तर्जुमा, कार्यान्वयन, मापदण्ड निर्धारण, नियमन तथा अनुगमन सम्बन्धी कार्यमा मन्त्रालयलाई सहयोग पुर्‍याउने, सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन, लागत इष्टिमेट लगायतका विस्तृत परियोजना प्रतिवेदन आदि तयार गर्ने/गराउने कार्यमा तत्-तत् निकायलाई प्राविधिक सहयोगका साथै आवश्यक स्वदेशी तथा विदेशी पुँजी र लगानी परिचालन गर्न गराउन सहजीकरण गर्ने,
  • वातावरणमैत्री, जलवायू परिवर्तन, अनुकूलन, लैङ्गिक, अपाङ्ग, जेष्ठ नागरीक मैत्री यातायात प्रणाली र पूर्वाधार निर्माण र विकासको लागि राष्ट्रिय नीति, कानून, योजना तर्जुमा, कार्यान्वयन, सञ्चालन व्यवस्थापन मापदण्ड निर्धारण, नियमन, अनुगमनमा आवश्यकतानुसार मन्त्रालयलाई सहयोग पुर्‍याउने,
  • प्रदेशस्तर, जिल्ला तथा स्थानीय स्तरका सडकहरुको सम्पत्ति व्यवस्थापन योजना तयार गरी लागु गर्ने/गराउने,
  • प्रदेश तथा स्थानीय तहमा निर्मित सडक, पुल, झोलुङ्गे पुल तथा यातायातका अन्य पूर्वाधारहरुको मर्मतसम्भार गुरुयोजना तथा मापदण्ड निर्धारण गरी प्रदेश तथा स्थानीय तहमा संस्थागत गराउन आवश्यक प्राविधिक सहयोग पुर्‍याउने,
  • प्रदेश भित्रका सडकहरु र अन्तरप्रदेश जोड्ने सडकहरु निर्माणको नीति र योजना तर्जुमा गर्न सहयोग गर्ने,
  • सडक यातायात, पुल, झोलुङ्गे पुल, लगायतका क्षेत्रमा वैदेशिक सहायता परिचालनका लागि  राष्ट्रिय नीति बमोजिम विकास साझेदारहरुसँग समन्वय गर्ने र पुँजी तथा प्राविधिक सहयोग परिचालन गर्ने र पूर्वाधारका क्षेत्रमा वैदेशिक सहायता र लगानी परिचालनका लागि राष्ट्रिय नीतिको परिधिभित्र रही विशेष नीति र निर्देशिका तयार गरी स्वीकृत गराउने,
  • हाल नेपाल सरकार र विकास साझेदारको सहयोगमा सञ्चालित विभाग अन्तर्गतका सडक, झोलुङ्गेपुल, खानेपानी, सिँचाई लगायतका अन्य पूर्वाधारका आयोजना, परियोजनाहरुलाई सञ्चालन गरी सम्पन्न गर्ने/ गराउने,
  • सडक तथा यातायात प्रविधि  अनुसन्धान तथा विकासका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने/गराउने,
  • स्थानीय श्रोत साधनमा आधारित उपयुक्त प्रविधिको पहिचान तथा विकास गरी कार्य सञ्चालन गर्न गराउन उत्प्रेरित गर्ने/गराउने,
  • राष्ट्रिय तथा प्रादेशिक महत्वका आयोजना परियोजनाहरुको प्राथमिकता निर्धारण गरी गराई ती परियोजनामा श्रोतसाधनको कमी हुन नदिने र समयमा कार्य सम्पादन गर्न गराउन सहयोग गर्ने,                                                                                      
  • निर्माण सामाग्रीहरुको गुणस्तर परीक्षणका लागि प्रदेशस्तरमा आवश्यक प्रयोगशाला स्थापना गर्ने र स्थानीय तहमा समेत प्रयोगशाला स्थापनाका लागि आवश्यक जनशक्ति विकासका साथै क्षमता विकासा लागि प्राविधिक सहयोग पुर्‍याउने र नियमित अनुगमन समेत गर्नु गराउनुका साथै प्रयोगशाला परीक्षणका लागि प्राप्त नमूनाहरुको आवश्यक परीक्षणको व्यवस्था मिलाउने र सम्बन्धित निकायमा प्रतिवेदन पठाउने,
  • सडक तथा अन्य पूर्वाधारमा पहिरो तथा भूक्षय रोकथामका लागि वायो-इञ्जिनियरिङ्ग सम्बन्धी प्रविधिको प्रयोग गर्ने/गराउने र प्रदेश तथा स्थानीय तहमा पनि यसको प्रयोगलाई बढावा दिने,
  • स्थानीय तथा प्रदेशस्तरमा सडक, सडकपुल मर्मतसम्भारका लागि सम्बन्धित निकाय (सडक बोर्ड लगायत) को नीति, कानून, योजना, गुरुयोजनाका आधारमा रकम निकासा गराउन सम्बन्धित तहको प्रस्तावलाई उक्त बोर्डको नीति सम्मत छ छैन हेरी मन्त्रालयमा सिफारिस गर्ने,
  • राष्ट्रिय र प्रदेशस्तरमा सडक यातायात पूर्वाधार विकास तथा मर्मतसम्भार सम्बन्धी क्षमता विकासका कार्यक्रम पहिचान गर्ने र उपयुक्त जनशक्तिलाई अल्पकालीन तथा दीर्घकालीन तालिम, उच्च अध्ययनको व्यवस्था मिलाउने,
  • विशेषत प्राविधिक कर्मचारीहरुको क्षमता विकासका लागि तालिम नीति, मापदण्ड निर्धारण गर्ने र उपयुक्त तालिम प्रदायक संस्थासँग समन्वय गरी विभिन्न किसिमका तालिमका कार्यक्रम बार्षिक बजेटमा समावेश गरी तालिम सञ्चालन गर्ने/गराउने,
  • विभाग अन्तर्गतका समस्त कर्मचारीहरुको क्षमता विकासका लागि स्वदेशी तथा विदेशी तालिमको आयोजना गर्न जनशक्ति क्षमता विकास योजना तयार गर्न विभागीय प्रमुखबाट स्वीकृत गराई तदनुसार कार्यान्वयन गर्ने/गराउने,
  • ई-शासकीय प्रबन्ध अन्तर्गत ई-खरिद प्रणाली लागु गर्न गराउन ई-खरिद दस्ताबेज आदिको सफ्टवेयर विकास गर्नुका साथै सम्बन्धित जिम्मेवार निकाय र तहमा जडान गर्न चाहिने उपकरण तथा हार्डवेयर सहयोग समेत उपलब्ध गराई प्रभावकारी ई-शासकीय प्रणाली स्थापना गर्ने/गराउने,
  • पूर्वाधारका क्षेत्रमा वित्तीय समानिकरण, विशेष वा सम्मपूरक अनुदान वा अन्य कुनै रकम पठाउने विषयमा मापदण्ड निर्धारण गर्न राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगलाई माग भएको प्राविधिक सहयोग पुर्‍याउने,
  • योजना आयोग वा मन्त्रालयवाट प्राप्त बजेट पूर्वानुमान र मार्गदर्शनका आधारमा  मन्त्रालयसँग समन्वय गरी आगामी बर्ष वा त्रिबर्षीय योजना तयार गर्ने, राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले निर्धारण गरेको मापदणडका आधारमा प्रदेश तथा स्थानीय तहमा बजेट पूर्वानुमान तथा मार्गदर्शन पठाउन मन्त्रालयलाई सहयोग गर्ने,
  • आयोजना कार्यान्वयन, अनुगमन र मूल्याङ्कनको लागि एकरुपताका लागि कार्यान्वयन कार्यविधि, फारमहरु डिजाइन गरी सम्बन्धित तहका निकायमा पठाउने,
  • संघ, प्रदेश तथा स्थानीय तहमा अनुगमन तथा मूल्याङ्कनका लागि चाहिने सूचक तयार गरी लागु गर्न गराउन सम्बन्धित निकायलाई सहजीकरण गर्ने र मध्यावधि तथा अन्तिम मूल्याङ्कनका गर्न राष्ट्रिय योजना आयोगसँग परामर्श गरी मूल्यांकनको व्यवस्था मिलाउने,
  • सडक यातायात, पुल, झोलुङ्गे पुल, लगायतका राष्ट्रिय नीति, कानून मापदण्ड पालना भए नभएको नियमित अनुगमन गरी सम्बन्धित मन्त्रालय मार्फत निर्देशन पठाउने,
  • विभागको कार्यक्षेत्र सम्बन्धी विषयमा व्यवस्थापन परीक्षण, सेवाग्राही सन्तुष्टि सर्वेक्षण गराई सेवा प्रवाहको अनुगमनका लागि सूचक तयारी र मापदण्ड निर्धारण गरी सबै तहमा पठाउने र नियमित अनुगमन गर्ने/गराउने,
  • सबै तहमा गुनासो सुन्ने र समयमा सम्बोधन गर्ने संयन्त्र स्थापनाको लागि संस्थागत व्यवस्था गर्ने र गुनासो सुनवाईका लागि विभिन्न सञ्चार माध्यमको व्यवस्था समेत गर्न गराउन प्रोत्साहित गर्ने,
  • आयोजना कार्यान्वयनमा देखा परेका समस्याहरुको कारण विश्लेषण गरी सम्बन्धित पक्षसँग समन्वय गरी समाधानको पहल गर्ने र आवश्यक सहजीकरण, निर्देशन दिने,
  • विभिन्न किसिमका फर्म्याटहरुलाई सफ्टवयरमा ढाली लागु गर्न गराउन जडान र कार्यान्वयनका लागि क्षमता विकासका कार्य सबै तहमा गर्ने/गराउने,
  • विभाग अन्तर्गतका शाखा र इकाईमा कार्यरत कर्मचारीको दरबन्दी बमोजिम पदपुर्तिको ब्यवस्था मिलाउने, रिक्त पदको मागको आकृति फारम लोकसेवा आयोगमा पठाउन सेवा सञ्चालन गर्ने सम्बन्धित मन्त्रालयमा पठाउने,
  • विभागका कर्मचारीको नियुक्ति, सरुवा, वढुवा, पदोन्नति, दण्ड सजायको कार्य गर्ने,
  • जिन्सी समान खरिदका लागि खरिद व्यवस्थापन शाखासँग समन्वय गरी खरिद योजनामा समावेश गराउने र खरिदको प्रकृया पूरा भए पछि आपूर्ति भएको मालसामान नियमानुसार सम्बन्धित खातामा प्रविष्ट गराउने, भण्डारणको व्यवस्था गर्ने, मागफारम अनुसार निकासा गराउने, नियन्त्रण र आवधिकरुपमा जिन्सी निरीक्षण गराई प्रतिबेदन सम्बन्धित निकायमा पठाउने,
  • संगठन विस्तार तथा पुनर्संरचनाका लागि आवश्यक अध्ययन गर्ने/गराउने,
  • कर्मचारीको बिदा, औषधोउपचार आदिको अद्यावधिक लगत राख्ने,
  • मन्त्रालयले तोकेका अन्य कार्य गर्ने/गराउने।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको कार्य विवरण

स्थानीय पूर्वाधार विभाग मातहतका प्रदेश स्तरीय स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका कार्य निम्नानुसार रहने छन्।

  • स्थानीय तहमा कार्यरत प्राविधिक कर्मचारीको पेशागत क्षमता विकासका कार्यक्रम सञ्चालन,

स्थानीय तहको सडक यातायात, सिँचाइ तथा नदी नियन्त्रण, खानेपानी, सरसफाई तथा स्वच्छता, आवास, बस्ती विकास, स्थानीय उर्जा विकास लगायत स्थानीय पूर्वाधार विकास कार्यक्रमको आवधिक, रणनीतिक तथा क्षेत्रगत गुरुयोजना तयारीमा सहयोग र समन्वय,

  • स्थानीयस्तरका पूर्वाधार विकासका उपयुक्त प्रविधि अवलम्बन गर्न नवीनतम तथा परम्परागत सीप, कौशल तथा प्रविधिको खोज तथा विकास र प्रबर्द्धन गर्न सहयोग,
  • स्थानीय पूर्वाधार विकाससँग सम्बन्धित राष्ट्रिय तथा प्रादेशिक मापदण्ड कार्यान्वयनमा स्थानीय तहलाई सहयोग तथा सहजीकरण,
  • स्थानीय तहमा वातावरण संरक्षण, जैविक विविधता, जलाधार, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी कार्यक्रम कार्यान्वयनमा सहयोग र सहजीकरण,
  • स्थानीय तहका भौतिक पूर्वाधार विकासका कार्यक्रमलाई जलवायु परिवर्तन अनुकूल बनाउन तथा प्रकोप न्यूनीकरणका उपायहरुको अवलम्बन गर्न सहयोग र सहजीकरण।
  • स्थानीय तहको लागि सडक सुरक्षा, भवन निर्माण संहिता जस्ता पूर्वाधार विकास सम्बन्धी मापदण्ड, निर्देशिका, मार्गदर्शन तथा कार्यान्वयनमा सहयोग र सहजीकरण,
  • निर्माण सामग्री तथा निर्माण कार्यको गुणस्तर परीक्षण प्रयोगशालाको स्थापना, सञ्चालन तथा व्यवस्थापन र स्थानीय तहको लागि उक्त प्रयोगशाला सेवाको उपलब्धता र सहजीकरण,
  • स्थानीय तहको सार्वजनिक निर्माण निर्देशिका तयारीमा सहयोग र सहजीकरण,
  • स्थानीय पूर्वाधार विकास निर्माणका लागि आवश्यक वातावरणीय तथा सामाजिक व्यवस्थापनको रुपरेखा (ESMF: Environmental and Social Management Framework) तर्जुमा र सहजीकरण,
  • स्थानीय पूर्वाधार विकासमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य (OSH: Occupational Safety and Health) का मार्गदर्शन तथा स्रोत सामग्रीको कार्यान्वयनमा सहयोग र सहजीकरण,
  • दिसाजन्य फोहोर (Faecal Sludge), औद्योगिक फोहोर (Industrial waste) र अस्पतालजन्य फोहोरमैला लगायत फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यान्वयनमा सहयोग र सहजीकरण,
  • नेपाल सरकारबाट स्थानीय तहको लागि अभियानका रुपमा सञ्चालन गरेका पूर्वाधार विकास सम्बन्धी कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन,
  • मन्त्रालय तथा विभागबाट सञ्चालन हुने पूर्वाधारजन्य कार्यक्रम तथा आयोजनाहरुको कार्यान्वयन तथा व्यवस्थापन,
  • विकास साझेदारसँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रम तथा आयोजनाहरुको कार्यान्वयन तथा व्यवस्थापन,
  • स्थानीय तहको पूर्वाधार सम्बन्धी योजना बैंक तयार गर्न सहयोग,
  • अन्तर स्थानीय तहबिच समन्वय गरी सञ्चालन हुने भौतिक पूर्वाधार विकासका कार्यक्रम विकास गर्न पूर्व सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आन्तरिक तथा बाह्य स्रोत परिचालनमा सहजीकरण,
  • केबुलकार, रज्जुमार्ग जस्ता बैकल्पिक यातायात लगायतका भौतिक पूर्वाधार विकासको लागि समन्वय तथा सहजीकरण,
  • स्थानीय तहको भौतिक पूर्वाधार विकास सम्बन्धी तथ्याङ्कको सङ्कलन तथा अद्यावधिक कार्यमा सहजीकरण।
  • स्थानीय पूर्वाधार विकास सम्बन्धी आवश्यक नर्मस्, स्टाण्डर्ड, स्पेसिफिकेसन तथा नमूना डिजाइनको कार्यान्वयनमा सहयोग र सहजीकरण,
  • प्रदेश तथा स्थानीय तहबाट बजेट सहित अनुरोध भई आएका कार्यक्रमको कार्यान्वयन,
  • स्थानीय तहको भौतिक पूर्वाधार विकास कार्यको लागि आवश्यक पर्ने खरिद व्यवस्थापन, ठेक्का व्यवस्थापन तथा गुणस्तर कायम गर्ने सम्बन्धी कार्यको क्षमता विकास, समन्वय तथा सहजीकरण,
  • अन्तर सरकार पूर्वाधारजन्य योजनाको पहिचान, तर्जुमा, कार्यान्वयन तथा व्यवस्थापन,
  • प्रदेश तथा स्थानीय तहबाट भौतिक पूर्वाधार विकास निर्माणको कार्यमा अनुरोध भई आए अनुसार प्राविधिक राय परामर्श तथा सहयोग उपलब्ध गराउने,
  • जिल्ला समन्वय समितिको अनुगमन सम्बन्धी कार्यमा सहयोग,
  • स्थानीय तहको पूर्वाधार विकाससँग सम्बन्धित दररेट निर्धारण र कार्यान्वयनमा सहयोग र सहजीकरण,
  • विभागले लाए अह्राएका अन्य कार्यहरु।