Organizational Background

नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयानुसार स्थानीय पूर्वाधार विभागको मिति २०७९०५०९ को पत्रानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तालुक मन्त्रालयको रुपमा रहेको यस कार्यालय हाल शहरी विकास मन्त्रालय अन्तर्गत कार्यरत रहेको छ। स्थानीय पूर्वाधार विभाग, श्रीमहल, पुल्चोक, ललितपुर विभागिय तालुक विभाग रहेको यस कार्यालय, शहरी विकास मन्त्रालयको प्राविधिक।इन्जिनियरिङ्ग क्षेत्रको जिम्मेवारी निर्वाह गर्ने गरी स्थापना भएको हो। विकास निर्माण सम्बन्धी कार्यक्रमहरुको योजना तर्जुमा, समन्वय तथा कार्यान्वयन गर्ने, प्रदेश तथा स्थानीयस्तरमा गरिने भौतिक पूर्वाधार विकास सम्बन्धी नीतिहरु तथा प्राविधिक मापदण्ड, निर्देशिका, नमूना फारामहरु तयार गरी सहयोग गर्ने यस कार्यालयको जिम्मेवारी रहेको छ।

विगतमा स्थानीय पूर्वाधार विकास नीति, २०६१ भित्र सात (७) वटा स्थानीय पूर्वाधारका क्षेत्रहरुको कार्यशर्तहरु (Terms of Reference) अनुसार निर्धारित क्षेत्रहरुको तोकिए अनुसारको जिम्मेवारी बहन गर्ने गरेको छ।

  • स्थानीय यातायात
  • सिंचाई तथा नदि नियन्त्रण
  • लघु जलविधुत तथा वैकल्पिक ऊर्जा
  • खानेपानी, ढल निकास तथा सरसफाई
  • आवास, भवन तथा शहरी विकास
  • फोहोरमैला व्यवस्थापन
  • सामाजिक पूर्वाधार

हाल सडक तथा सडकपुल, झोलुङ्गेपुलका अतिरिक्त कर्णाली समृद्धि कार्यक्रम अन्तर्गत साना शहरी, शहरी पूर्वाधार, वैकल्पिक ऊर्जा तथा लघु र साना जलविधुत, कृषि तथा जडिवुटी सम्बन्धी पूर्वाधार विकास, सडक पूर्वाधार लगायतका क्षेत्रहरुमा कार्यरत रहेको छ।